प्लेयर टू वाच : फेडेरिको भालभर्डे, उरुग्वे
पोजिसन : मिडफिल्डर
उमेर : २४ वर्ष
उरुग्वेका युवा खेलाडी फेडेरिको भालभर्डेलाई पछिल्लो पुस्ताको सबैभन्दा भर्सटाइल मिडफिल्डर मानिन्छ । मात्र २४ वर्षको उमेरमा नै उनले स्पेनिस महारथी रियल मड्रिड र राष्ट्रिय टोलीमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
एउटै खेलमा विभिन्न पोजिसनमा खेल्न सक्ने क्षमता राख्ने भालभर्डे मैदानमा उत्तिकै मिहिनेत गर्ने खेलाडीका रुपमा पनि परिचित छन् । उनले कुनै पनि टोलीको आक्रमणमा नयाँ आयाम दिने गर्दछन् । पछिल्लो मड्रिड डर्बीमा उनले आफ्नो बक्स टू बक्स क्षमता प्रदर्शन गर्दै २–१ को जीत हासिल गर्ने क्रममा गोलसमेत गरेका थिए ।
उनी सबै प्रशिक्षकले रुचाउने खेलाडी बनेका छन् । हाल उनी रियल मड्रिडमा तेस्रो स्ट्राइकर, चौथो मिडफिल्डर पाँचौ डिफेन्डरको भूमिकामा एकै पटक देखिन्छन् । उनको खेललाई पढ्न सक्ने र गोल गर्ने क्षमताको पनि तारिफ हुने गरेको छ । त्यसैले त उनका प्रशिक्षक कार्लो एन्चेलोटीले भनेका थिए, ‘मैले उनलाई भनेको छु, यदी तिमीले यो सिजन १० भन्दा बढी गोल गरेनौँ भने म मेरो प्रशिक्षकको ब्याच नै च्यातेर फालिदिन्छु ।’
उरुग्वेको राष्ट्रिय टोलीका लागि ४४ खेल खेल्दै उनले ४ गोल गरिसकेका छन् । उनी आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउने लक्ष्यसहित कतार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण