बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’, विशेष यूनिट फुटबल खेलाडीलाई
काठमाडौं । गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ । चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धी भएको जनाएको छ ।
चिनियाँ निर्माताले पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र विक्री ६ महिनामा पुरा गरेको हो । कम्पनीले पछिल्ला १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ ।
यसलाई न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिदै आएको छ । यो उत्पादन र विक्री आंकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको र ग्लोबल ग्रिन मोविलीटीमासहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको कम्पनीको भनाई छ । ३० लाख यूनिटक कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा बीवाइडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।
उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी वाङ सुवाङलाई आफ्नो ३० लाखौं उत्पादन हस्तान्तरण गरेका थिए । बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटीजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतीमा अगाडि बढ्ने जनाएको छ ।
बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको ७० देशका ४ सयभन्दा बढी सहरहरुमा पुर्याएको छ । बीवाइडीको ३० लाख औं उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रीन मोविलीटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो । भविष्यमा बिवाइडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाइक्वालीटी प्रोडक्टको विकास गर्ने जनाएको छ । बीवाइडीले ग्रीन मोविलीटीको विकासले हाम्रो पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्याउने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण