आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : प्रतिनिधिसभामा एमालेकै दबदबा, कुन दलले कति जिते ?

नेकपा एमाले ५ वटामा विजयी र ११ वटामा अगाडि, मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस २ वटामा विजयी र ४ वटामा अगाडि
शुक्रबार, ०९ मङ्सिर २०७९, ०९ : ४५
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रदेश नम्बर १ प्रतिनिधिसभामा नेकपा एमालेकै दबदबा देखिएको छ । हालसम्म एमालेले ५ वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको छ भने अन्य ११ स्थानमा अग्रता कायम गरेको छ । 

मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस भने हालसम्म २ वटामा विजयी भएर अन्य ४ वटामा प्रतिस्पर्धा गर्दैछ । एमालेले जितेका क्षेत्रहरुमा योगेश भट्टराई, ताप्लेजुङ, केपी शर्मा ओली, झापा ५, राजेन्द्रकुमार राई, धनकुटा, मानबीर राई, सोलुखुम्बु र  अम्बर बहादुर रायमाझी, उदयपुर २ रहेको छ । 

यस्तै नेपाली काँग्रेसले भने विश्वप्रकाश शर्मा, झापा ५ र रामहरि खतिवडा, ओखलढुंगामा जित निकालेको छ । काँग्रेसले अन्य ४ क्षेत्रमा अग्रता कायम राखेको छ । काँग्रेस नेता भीष्मराज आङदेम्बे, पाँचथर, विजयकुमार गच्छदार, सुनसरी ३, ज्ञानेन्द्रकुमार कार्की, सुनसरी ४ र सुजाता कोइराला मोरङ २ बाट कठिन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु सबैलाई एमालेका उम्मेद्वारले पछि पारेका छन् । 

प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६ वटामा आफ्ना उम्मेद्वार उठाएको माओवादी केन्द्रले भने २ स्थानमा विजयी हुँदै एक स्थानमा अग्रता कायम राखेको छ । यस्तै राप्रपाले राजेन्द्र लिङ्देन झापा ३ बाट विजयी हुँदा, स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल, मोरङ ५ बाट विजयी भएका छन् । देशभरी नयाँ पार्टीको रुपमा उदाएको रास्वपा भने प्रदेश १ मा सुनसरी १ मा अग्रता लिइरहेको छ । 

नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) योगेश भट्टराई, ताप्लेजुङ (विजयी)
२) केपी शर्मा ओली, झापा ५ (विजयी)
३) राजेन्द्रकुमार राई, धनकुटा (विजयी)
४) मानबीर राई, सोलुखुम्बु (विजयी)
५) अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)
६) बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)
७) महेश बस्नेत, इलाम १ (अग्रता)
८) सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)
९) देवराज घिमिरे, झापा २ (अग्रता)
१०) लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)
११) विजय सुब्बा, तेह्रथुम (अग्रता)
१२) घनश्याम खतिवडा, मोरङ १ (अग्रता)
१३) ऋषिकेश पोखरेल, मोरङ २ (.अग्रता)
१४) भीमप्रसाद आचार्य, सुनसरी २ (अग्रता)
१५) भगवती चौधरी, सुनसरी ३ (अग्रता)
१६) जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)

नेपाली काँग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) विश्वप्रकाश शर्मा, झापा १ (विजयी)
२) रामहरि खतिवडा, ओखलढुंगा (विजयी)
३) सुनिलकुमार शर्मा, मोरङ ३ (अग्रता)
४) डा.शेखर कोइराला, मोरङ ६ (अग्रता)
५) दिपक खड्का, संखुवासभा (अग्रता)
६) डा.नारायण खड्का, उदयपुर १ (अग्रता)

माओवादी केन्द्रबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) अमनलाल मोदी, मोरङ ४ (विजयी)
२) रामकुमार राई, खोटाङ (विजयी)
३) सुदन किराँती, भोजपुर (अग्रता)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिएका क्षेत्र
१) गोमा तामाङ, सुनसरी १ (अग्रता)

राप्रपाबाट विजयी क्षेत्रहरू
१) राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ (विजयी)

स्वतन्त्रबाट अग्रता लिएको क्षेत्र
१) योगेन्द्र मण्डल, मोरङ ५ (विजयी)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप