एनआरएनए स्वास्थ्य समितिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा गरिन् । उनले कोरोना महामारीको बेला स्वास्थ्य समितिले खेलेको महत्त्वपूर्ण भूमिकाले मानिसहरूको जीवन रक्षा भएको बताइन् । उनले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नु पर्ने बताए ।
नेपालमा सा–सानो स्वास्थ्य परामर्शसमेत नहुँदा स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले भनिन्, ‘क्यान्सरविरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु ।’
बैठकमा गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले विगत ७ वर्षदेखि स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरूको स्वास्थ्य समस्याको बारेमा काम गर्दै आएको बताए । उनले संघको आयोजनामा भएका सम्मेलनहरू निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर काम गर्ने बताए।
डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रूपमा आएको बताए । उनले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने उनको भनाइ थियो ।
बैठकमा डा. सागर पौडेलले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरूको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिए । बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णय समेत गरेको छ । बैठकमा डा. विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रमा रहेका नेपालीहरूको स्वास्थ्य समस्याको बारेमा प्रकाश पारे । बैठकमा नेपालमा दाँत र आँखा जाँचको सम्भावनाको बारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण