प्लेयर टू वाच : ओलिभिए जिरु, फ्रान्स
पोजिसन : स्ट्राइकर, उमेरः ३६ वर्ष
मुख्य स्ट्राइकर बालोन डीओर विजेता करिम बेन्जिमा चोटका कारण मैदान बाहिर रहने भएपछि फ्रान्सका लागि स्कोररको जिम्मा ओलिभिए जिरुको काँधमा आएको छ । अष्ट्रेलियासँगको ४–२ को जितमा जिरुले दुई गोल गरेका थिए ।
पहिलो खेलमा नै टिमका लागि दुई गोल गरेका जिरु आज डेनमार्कविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । पछिल्लो खेलमा गोल गर्दै जिरुले थिएरी हेनरीको फ्रन्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी बराबरी गरेका थिए ।
आजको खेलमा उनलाई फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा इतिहास बनाउन पनि मौका छ । राष्ट्रिय टोलीका लागि भने ११५ खेलमा ५१ गोल गरेका छन् । युरोपियन फुटबलमा लामो समय राज गरेका जिरुले पछिल्लो समय देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । गत सिजन मात्र इटालियन क्लब एसी मिलानमा गएका उनले ४२ लिग खेल खेल्दै १६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण