प्लेयर टू वाच : ओलिभिए जिरु, फ्रान्स
पोजिसन : स्ट्राइकर, उमेरः ३६ वर्ष
मुख्य स्ट्राइकर बालोन डीओर विजेता करिम बेन्जिमा चोटका कारण मैदान बाहिर रहने भएपछि फ्रान्सका लागि स्कोररको जिम्मा ओलिभिए जिरुको काँधमा आएको छ । अष्ट्रेलियासँगको ४–२ को जितमा जिरुले दुई गोल गरेका थिए ।
पहिलो खेलमा नै टिमका लागि दुई गोल गरेका जिरु आज डेनमार्कविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । पछिल्लो खेलमा गोल गर्दै जिरुले थिएरी हेनरीको फ्रन्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी बराबरी गरेका थिए ।
आजको खेलमा उनलाई फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा इतिहास बनाउन पनि मौका छ । राष्ट्रिय टोलीका लागि भने ११५ खेलमा ५१ गोल गरेका छन् । युरोपियन फुटबलमा लामो समय राज गरेका जिरुले पछिल्लो समय देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । गत सिजन मात्र इटालियन क्लब एसी मिलानमा गएका उनले ४२ लिग खेल खेल्दै १६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भर्खर लोक सेवा उत्तीर्ण अधिकृतलाई गन्दैनन् पालिका प्रमुख
-
डुङ्गाबाट ६ सय करोड भारुको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
-
मोनाको हारेपछि पीएसजीलाई लगातार तेस्रो उपाधि
-
शीर्ष स्थानमा दुरी घटाउँदै सिटी
-
करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
-
‘एकल महिलाको भत्ता जम्मा गरेर घर बनाएकी थिएँ, ५ मिनेटमै जलेर खरानी भयो’