प्लेयर टू वाच : रोर्डिगो डी पाउल, अर्जेन्टिना
पोजिसन : मिडफिल्डर, उमेर : २८ वर्ष
ला लिगा क्लब एट्लेटिको मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर रोर्डिगो डी पाउल अर्जेन्टिनाका लागि मुख्य खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि राष्ट्रिय टोलीमा हालसम्म ४५ खेल खेलेर दुई गोल गरेका छन् ।
युरोपियन फुटबलमा उत्कृष्ट मिडफिल्डरको रुपमा पहिचान बनाउन सफल डी पाउल अहिले राष्ट्रिय टोलीका लागि विश्वकपको उपाधि दिलाउने योजनामा छन् । तर विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिना विश्वकपको पहिलो खेलमा नै साउदी अरेवियासँग पराजित भएको थियो । त्यसैले अर्जेन्टिनालाई आजको खेलमा जित्नै पर्ने दबाब भएका कारण डी पाउलले मुख्य भूमिका निभाउने आशा गरिएको छ ।
डी पाउलले उनका दुई सहकर्मी लिआन्ड्रो परेडेस र जियोवानी लो सेल्सो जस्तै मिडफिल्डरको रूपमा आफ्नो क्यारियर सुरु गरेका थिए । अर्जेन्टिनाले साउदी अरेवियासँगको पहिलो खेलमा डी पाउललाई मुख्य खेलाडीको रुपमा मैदान उतारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण