काभ्रेका दोङ र बाँस्कोटाको दोस्रोपटक संसदमा ‘इन्ट्री’
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरे । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ । दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी भएका थिए । उनले तत्कालीन माओवादीका केन्द्रीय नेता डा बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गरेका थिए ।
यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भए । बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरे भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गरे । पूर्वमन्त्रीसमेत रहेकाबाँस्कोटा यसपटकको निर्वाचनबाट दोस्रोपटक संसदीय यात्रामा छन् ।
बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तकालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी भएका थिए। विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले केही समय सहरी विकासमन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ