काभ्रेका दोङ र बाँस्कोटाको दोस्रोपटक संसदमा ‘इन्ट्री’
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरे । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ । दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी भएका थिए । उनले तत्कालीन माओवादीका केन्द्रीय नेता डा बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गरेका थिए ।
यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भए । बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरे भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गरे । पूर्वमन्त्रीसमेत रहेकाबाँस्कोटा यसपटकको निर्वाचनबाट दोस्रोपटक संसदीय यात्रामा छन् ।
बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तकालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी भएका थिए। विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले केही समय सहरी विकासमन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण