तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास
जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका -२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।
पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्लावासीलाई ३० रुपैयाँ र जिल्ला बाहिरसँग ४० रुपैयाँ शुल्क लिने गरिएको छ।चिसोको समयमा तातोपानी धारामा झन्डै १ सय देखि २ सयसम्म मासिन नुहाउन आउन गरेको स्थानीय रामकृष्ण न्यौपानेले बताए।
कार्तिकको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड लागेको हो। मानिस विभिन्न चर्मरोग निको पार्ने विश्वासमा पनि तातोपानीमा नुहाउन आउने गरेका छन्। तातोपानी पर्यटन बिकास केन्द्र जुम्लाले नुहाउन लागि तालिका बनाएको छ। बिहान ५ वजे देखि बेलुका ८ सम्म मात्रै नुहाउने प्रवन्ध मिलाइएको छ। रातीको समयमा बन्द गर्ने गरेको छ। झैझगडा र अनावश्यक होहल्ला हुने भन्दै यो मापदण्ड बनाइएको हो ।
स्थानीय दशरथ चनाराले चैतसम्म तातोपानी धारामा नुहाउनेहरूको भीड लाग्ने बताए । सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन्। तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जिल्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । तातोपानीको पोखरीमा ३-४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण