स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन्
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ ।
अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ ।
अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५ स्थित जनसक्रिय आधारभूत विद्यालय, चिठीपोखरी मतदान केन्द्रमा पुग्दा केही स्थानीयले तत्कालै फर्कन र भविष्यमा जे पनि हुनसक्ने भन्दै धम्क्याएको बताएको छ । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन तथा निर्बाध अनुगमनको वातावरण तयार गर्न निर्वाचन आयोग तथा नेपाल सरकारसँग इन्सेकले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण