लगातार दोस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, १३ मङ्सिर २०७९, ११ : ४४
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । लगातार दोस्रो दिन स्थिर रहेको सुनको मूल्य त्यसयता लगातार दोस्रो दिन घटेको हो । आज प्रतितोला १०० रुपैयाँले मूल्य घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार रूपैयाँ थियो ।
हिजो सोमबार पनि सुनको मूल्य घटेको थियो । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा तोलामा ३०० रूपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण