आज काठमाडौं महानगरपालिका सुकुम्वासी बस्तीमा नजाने
सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरी र सुकुम्वासीबिच झडप भएको थियो । सो झडपमा परि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए ।
सुकुम्वासीहरूले खुकुरी लगायतका घरेलु हतियार बोकेर आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । आज सुकुम्वासी बस्ती हटाउन जाने कुनै योजना नरहेको काठमाडौंका नगर प्रहरी पाण्डेले जानकारी दिए । उनले नगर प्रहरीमाथि आक्रमण हुँदा समेत प्रहरी प्रशासन मूकदर्शक भएको आरोप लगाउँदै आक्रमण गर्ने विरुद्ध जाहेरी दिँदा समेत पक्राउ नगरेको बताए ।
मङ्गलवार बिहान १० बजे सुकुम्वासीहरूको एक समूह काठमाडौं महानगरपालिकाको गेटमा पुगेर १ घण्टा महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण