आईएफआईसी नविल बैंकबाट बाहिरिँदै, १ करोड ७७ लाख कित्ता सेयर विक्रीमा
बिहीबार, १५ मङ्सिर २०७९, ०६ : ५५
नविल बैंकको संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्श (आईएफआईसी) बैंक नेपालबाट बाहिरिने भएको छ । तत्कालिन नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी सो बैंक नविल बैंकमा मर्ज भएपछि नविल बैंकबाट पनि बाहिरिन लागेको हो ।
आइएफआईसीले नविल बैंकमा रहेको आफ्नो १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर विक्रीको लागि बैंक संचालक समितिमा निवेदन दिएको छ । आईसीएफसीले दिएको निवेदन अनुसार नविल बैंक संचालक समितिले उक्त सेयर विक्रीका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।
पहिलो चरणमा सो सेयर विक्रीको अधिकार बैंकका अहिलेकै संचालकलाई हुनेछ भने संचालकले नकिनेमा अन्य लगानीकर्ताले सेयर किन्न पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण