गुजरातमा विधान सभा निर्वाचन सुरु
बिहीबार, १५ मङ्सिर २०७९, १० : २३
गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । ‘म आज मतदान गर्ने सबैलाई विशेष गरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण