पाल्पामा ३३ जना उम्मेदवारको जमानत जफत
पाल्पामा ३३ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ४५ जनामध्ये ३३ जनाको जमानत जफत भएको हो ।
प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका २३ जनामध्ये चार जनाको मात्रै जमानत जोगिएको छ । १९ जनाको जमानत जफत भएको छ । यसरी जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका सोमप्रसाद गैरे पनि छन् ।
गैरेले पाँच हजार ३४९ मत प्राप्त गरेका थिए । कुल खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । पाल्पा क्षेत्र नं. २ मा ६४ हजार २०३ मत खसेको थियो । यस्तै क्षेत्र नं. १ मा ५८ हजार ४९१ मत खसेको थियो ।
प्रदेशसभा सदस्यको उम्मेदवार बनेका अधिकांशको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार कांग्रेस, एमाले र माओवादीबाट उम्मेदवार बनेका उम्मेदवारको बाहेक अन्य सबैको जमानत जफत भएको हो ।
प्रदेशसभा तर्फको चार पदका लागि भएको निर्वाचनमा आठ जनाले मात्रै जमानत जोगाउन सफल भएका थिए । प्रदेश सभामा २३ जना उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण