धनगढीमा निषेधाज्ञा कायमै
शुक्रबार, १६ मंसिर २०७९, ०८ : १३

कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।
प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।
शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।
हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल
-
प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ
-
उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
-
यौटा सपनाको अवसान अर्थात् बिरेनप्रतापको सपना र पुँजीवाद
-
मानव अधिकार हनन्मा राज्यको निर्लज्जता : नामै किटान गरेर पठाएको सिफारिस पनि कार्यान्वयन गर्दैन सरकार
-
शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै