शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
अपराध

किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ

बिहीबार, ०१ जेठ २०८२, १४ : २०
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । किर्ते गरेर नक्कली कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गोर्खा भिमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी रहेका छन् ।

त्यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको बुढा निलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउापालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेकी छन् ।  

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित बधबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए । 

पक्राउ परेका अन्जनी बयलकोटीले विगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानिय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरु, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातह कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात सम्पादन र डिजाइनन गर्न लागि दुइ जना सहयोगीलाई मासिक रु १० जहार देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 

उनीहरुको साथबाट बैंकिङ लगायतका विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप