बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
सारांश
- रियल म्याड्रिडले स्पेनिस लेफ्ट-ब्याक अल्भारो कारेरासलाई क्लबमा अनुबन्धित गर्ने तयारी गरेको छ।
- अल्भारोले यसअघि रियल म्याड्रिडको युवा टोलीबाट खेलिसकेका छन्, उनी स्पेनको यू-२१ राष्ट्रिय टोलीका सदस्य समेत हुन्।
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले स्पेनिस लेफ्ट–ब्याक अल्भारो कारेरासलाई क्लबमा आबद्ध गर्ने भएको छ । २२ वर्षीय अल्भारो कारेरास र उनको क्लबसँगको छलफल अन्तिम चरणमा पुगेको रियल म्याड्रिडले जनाएको छ ।
अल्भारो हाल पोर्चुगिज क्लब बेनफिकाबाट व्यवसायिक फुटबल खेल्छन् । डिफेन्सा सेन्ट्रलको प्रतिवेदन अनुसार, रियल म्याड्रिड र अल्भारोबिच पोर्चुगिज कपको फाइनलपछि सम्झौता हुने भएको छ । पोर्चुगिज कपको फाइनल मे २५ तारिखमा खेलिने छ ।
उनले यसअघि रियल म्याड्रिडको युवा टोलीबाट पनि खेलिसकेका छन् । स्पेनको यू–२१ राष्ट्रिय टोलीका सदस्य अल्भारो सन् २०१७ देखि सन् २०२० सम्म रियलको युवा टोलीमा थिए । समाचारमा दाबी गरिए अनुसार, रियल म्याड्रिडले अल्भारोसँग ६ वर्ष लामो सम्झौता गर्ने भएको छ ।
पछिल्लो समय उनले बेनफिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अल्भारोका लागि रियल म्याड्रिडले पाँच करोड युरो खर्चने तयारी गरिरहेको बताइएको छ । अल्भारोले भने यसअघि विषयमा केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण