स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
सारांश
- एमाले सांसद सुहाङ नेम्वाङले ढुवानीमैत्री नीति आवश्यक रहेको बताए ।
- उनले कर, बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाउन माग गरे ।
- नेम्वाङले भौतिक पूर्वाधारमा सुधार गर्नुपर्ने र ढुवानी क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताए ।
- उनका अनुसार, ढुवानी क्षेत्र कानुनी अस्पष्टता, दोहोरो कर, र पूर्वाधारको अभाव लगायतका समस्याबाट ग्रस्त छ ।
काठमाडौँ । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभामा बोल्दै नेम्वाङले कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरेका हुन् ।
भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी रहेको उनको भनाई थियो । उनले भने, ‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्याउने काम यिनै व्यवसायीहरूले गरेका हुन् ।’
उनले थपे, ‘तर यति महत्त्वपूर्ण क्षेत्र अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमल, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण