बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए । संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो ।
उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।
बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय बिताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् । विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण