शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा हस्तकला व्यापार मेला हुने

शनिबार, १७ मङ्सिर २०७९, ११ : ४८
शनिबार, १७ मङ्सिर २०७९

नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३  देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । 

काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत  गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए । प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत कला लोपोन्मुख बन्दै गएको अहिलेको अवस्थामा ती कला, संस्कृतिको संरक्षण गर्न देशभर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

हस्तकलाकाका विभिन्न वस्तु तथा गरगहनालगायत सामग्रीको माग विदेशमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशी दूतावास तथा नियोगमा पत्राचार गरी कूटनीतिज्ञलाई मेलामा सहभागी हुन आमन्त्रण गरिने आयोजकले जनाएको छ ।  

काठमाडौँका विभिन्न ठाउँबाट प्रदर्शनीस्थल बौद्धस्थित ह्यात होटलसम्म निःशुल्क साझा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाइएको छ । मेलामा करिब एक सय ५० बिक्री कक्ष रहने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप