गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
गाजापट्टी । इजरायलले गाजामा हवाई आक्रमण तीव्र पारेको छ । मङ्गलवार राति र बुधबार बिहान उत्तरी गाजामा इजरायलले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । जबालियास्थित इन्डोनेसियाली अस्पतालले आक्रमणमा ६० जनाको मृत्यु भएको जनाएको छ ।
यस अवधिमा कम्तीमा २२ बालबालिका मारिएको भनिएको छ । हमासले एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरेको एक दिनपछि यो आक्रमण भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी देशहरूको भ्रमणमा रहेकै बेलामा यो हमला भएको हो ।
धमिलिँदैछ युद्धविरामको आशा
मङ्गलवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस्तो कुनै तरिका छैन जसबाट इजरायलले गाजामा आफ्नो युद्ध रोक्न सकोस् भन्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिले युद्धविरामको आशालाई चकनाचुर पारेको छ ।
इजरायली सेनाले आक्रमणबारे चाहिँ टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच हमासको पूर्वाधारलाई लक्षित गरी सैन्य कारबाही अघि मङ्गलवार राति जबालियाका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण