बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन

राष्ट्रिय गौरवका आयोजनाको खर्च कति ?
बुधबार, ३१ वैशाख २०८२, १७ : ०३
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • पशुपति क्षेत्र विकास कोषको निर्माणको म्याद दुई वर्षअघि नै सकिएको तर थप नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
  • कोषको ८८ प्रतिशत निर्माण सम्पन्न भइसक्दा पनि सम्पन्न हुने समय तोकिएको छैन।
  • राष्ट्रिय योजना आयोगको विवरणअनुसार २७ वटा राष्ट्रिय गौरवका आयोजना छन्, जसको संशोधित बजेट २२ खर्ब ७२ अर्ब बढी छ।
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युतबाहेक अन्य आयोजनामा ४ खर्ब ८७ अर्ब बढी खर्च भएको छ।

काठमाडौँ । दुई वर्षअघि म्याद सकिएको पशुपति क्षेत्र विकास कोषको निर्माणका लागि म्याद थप नगरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औँ प्रतिवेदन प्रस्तुत गर्दै ८६ प्रतिशत निर्माण भएको कोषको बाँकी निर्माण कार्यका लागि म्याद थप नगरेको पाइएको जनाएको छ ।  

‘२०७८/७९ मै सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति ८८ प्रतिशत भएता पनि  सम्पन्न  हुने अवधि तोकेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।  राष्ट्रिय योजना आयोगको विवरणअनुसार यो वर्ष ३ वटा आयोजना थप भई २७ वटा राष्ट्रिय गौरवका आयोजना पुगेका छन् । यी आयोजनाको संशोधित मध्यकालीन बजेट अनुमान २२ खर्ब ७२ अर्ब ४२  करोड ६१  लाख रहेको महालेखाले जनाएको छ । 

यीमध्ये आर्थिक  वर्ष २०८०/८१ सम्म शतप्रतिशत वित्तीय प्रगति भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत आयोजना बाहेकमा ४  खर्ब ८७ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खर्च भएको देखिन्छ  । यी २७ आयोजनामध्ये  सम्पन्न भएका २ वटा र ८० प्रतिशतभन्दा माथि निर्माण सम्पन्न भएका ३ वटा आयोजना रहेका छन् । 

यस्तै ५० प्रतिशतभन्दा माथि  ८०  प्रतिशत भन्दा कम  निर्माण सम्पन्न भएका आयोजना ६  वटा रहेका छन् । त्यस्तै  ५० प्रतिशत भन्दा कम प्रगति भएका ६ वटा र भौतिक प्रगति नखुलेका ८ वटा  आयोजना रहेको  जनाइएको छ । 

सुरु नभएका  आयोजना २ वटा रहेका छन् । रानी जमरा कुलरिया, सुनकोसी मरिण डाइभर्सन, हुलाकी राजमार्ग,  काठमाडौँ तराई द्रुतमार्ग र लुम्बिनी क्षेत्र विकास कोषसहित ५ आयोजना २०८० /८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा सम्पन्न नभई म्याद थपिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप