पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन
सारांश
- पशुपति क्षेत्र विकास कोषको निर्माणको म्याद दुई वर्षअघि नै सकिएको तर थप नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
- कोषको ८८ प्रतिशत निर्माण सम्पन्न भइसक्दा पनि सम्पन्न हुने समय तोकिएको छैन।
- राष्ट्रिय योजना आयोगको विवरणअनुसार २७ वटा राष्ट्रिय गौरवका आयोजना छन्, जसको संशोधित बजेट २२ खर्ब ७२ अर्ब बढी छ।
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युतबाहेक अन्य आयोजनामा ४ खर्ब ८७ अर्ब बढी खर्च भएको छ।
काठमाडौँ । दुई वर्षअघि म्याद सकिएको पशुपति क्षेत्र विकास कोषको निर्माणका लागि म्याद थप नगरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औँ प्रतिवेदन प्रस्तुत गर्दै ८६ प्रतिशत निर्माण भएको कोषको बाँकी निर्माण कार्यका लागि म्याद थप नगरेको पाइएको जनाएको छ ।
‘२०७८/७९ मै सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति ८८ प्रतिशत भएता पनि सम्पन्न हुने अवधि तोकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । राष्ट्रिय योजना आयोगको विवरणअनुसार यो वर्ष ३ वटा आयोजना थप भई २७ वटा राष्ट्रिय गौरवका आयोजना पुगेका छन् । यी आयोजनाको संशोधित मध्यकालीन बजेट अनुमान २२ खर्ब ७२ अर्ब ४२ करोड ६१ लाख रहेको महालेखाले जनाएको छ ।
यीमध्ये आर्थिक वर्ष २०८०/८१ सम्म शतप्रतिशत वित्तीय प्रगति भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत आयोजना बाहेकमा ४ खर्ब ८७ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खर्च भएको देखिन्छ । यी २७ आयोजनामध्ये सम्पन्न भएका २ वटा र ८० प्रतिशतभन्दा माथि निर्माण सम्पन्न भएका ३ वटा आयोजना रहेका छन् ।
यस्तै ५० प्रतिशतभन्दा माथि ८० प्रतिशत भन्दा कम निर्माण सम्पन्न भएका आयोजना ६ वटा रहेका छन् । त्यस्तै ५० प्रतिशत भन्दा कम प्रगति भएका ६ वटा र भौतिक प्रगति नखुलेका ८ वटा आयोजना रहेको जनाइएको छ ।
सुरु नभएका आयोजना २ वटा रहेका छन् । रानी जमरा कुलरिया, सुनकोसी मरिण डाइभर्सन, हुलाकी राजमार्ग, काठमाडौँ तराई द्रुतमार्ग र लुम्बिनी क्षेत्र विकास कोषसहित ५ आयोजना २०८० /८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा सम्पन्न नभई म्याद थपिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण