चीनका प्रमुख शहरमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै
चिनियाँ अधिकारीहरूले कोभिड–१९ प्रतिबन्धहरू न्यून गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ ।
चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्यून गर्दै लगेको हो । ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ ।
दक्षिणी सहर चेङ्दु र तियान्जिनको उत्तरी महानगरमा लाग्दै आएको कोभिड प्रतिबन्ध खुकुलो बनाइएको छ । बेइजिङमा पनि सार्वजनिक सवारी साधन प्रयोग गर्दा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नु नपर्ने भएको छ । तर, सपिङ मलमा जाँदा भने पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ आएको रिपोर्ट पेस गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण