चीनका प्रमुख शहरमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै

चिनियाँ अधिकारीहरूले कोभिड–१९ प्रतिबन्धहरू न्यून गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ ।
चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्यून गर्दै लगेको हो । ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ ।
दक्षिणी सहर चेङ्दु र तियान्जिनको उत्तरी महानगरमा लाग्दै आएको कोभिड प्रतिबन्ध खुकुलो बनाइएको छ । बेइजिङमा पनि सार्वजनिक सवारी साधन प्रयोग गर्दा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नु नपर्ने भएको छ । तर, सपिङ मलमा जाँदा भने पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ आएको रिपोर्ट पेस गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’