प्रदेश १ मा सबैभन्दा कान्छो सांसद बने जीवन आचार्य, ज्येष्ठ सांसदमा गयानन्द मण्डल
प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये माओवादी केन्द्रका नेता जीवन आचार्य सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् ।
आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका हुन् । ३६ वर्षीय आचार्यले आफूभन्दा ८ वर्षले जेठी न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गरेका हुन् । उनले १९ हजार ४५५ मत ल्याउँदा न्यौपानेले १७ हजार ५७७ मत ल्याएकी थिइन् ।
उता सबैभन्दा जेष्ठ सांसद मण्डल मोरङको क्षेत्र नम्बर ५ (१)बाट आफूभन्दा २४ वर्ष कम उमेरका एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । मण्डलले १८ हजार ८४३ मत ल्याउँदा साहले भने ९ हजार ४०५ मत ल्याएका थिए ।
यस्तै कम उमेरका सांसदहरुमा छविलाल चुँडाल ३९ तथा खगेनसिंह हाङ्माङ, इन्द्रबहादुर आङ्बो, सविना बजगाई र दुर्गा चापागाईं ४० वर्षका छन् । यस्तै गोम्बु शेर्पा र रामकुमार खत्री भने ४१ वर्षका छन् । सबैभन्दा बढी उमेरका मण्डलपछि भने सुनसरीका ७१ वर्षीय रोहितबहादुर कार्की छन् । उनी एमालेका सांसद हुन् ।
कार्कीले आफूभन्दा २४ वर्ष कान्छी उमेरकी माओवादी नेतृ सरस्वती पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । कार्कीले १८ हजार ६४१ मत पाउँदा पोखरेले भने ९ हजार ४९८ मत पाएकी थिइन् । यस्तै एमालेका खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६७ वर्षका छन् । अन्य विजयी सांसदहरु ६५ वर्षभन्दा कम उमेरका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण