प्रदेश– १ ले माग्यो ३१६ जना कर्मचारी

प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।
योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।
सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह
-
नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव