प्रदेश– १ ले माग्यो ३१६ जना कर्मचारी
प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।
योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।
सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण