रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु
सोमबार, १९ मङ्सिर २०७९, १२ : ४०
रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ ।
उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण