लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी
सोमबार, १९ मङ्सिर २०७९, १३ : ५५
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे । निर्वाचनपछि काठमाडौं पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौंबाट फर्किएर रोल्पा पुगेका महराले भने, मैले काठमाडौंमा पार्टी नेतृत्वसँग छलफल गरेर आएको छु । सिट संख्या र प्रदेशको सत्ता बाँडफाँटमा लुम्बिनीको नेतृत्वमा माओवादी केन्द्रले दाबी गर्ने कुरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण