पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ
सोमबार, १९ मङ्सिर २०७९, १८ : ४९
प्रहरीले पाल्पाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का ३९ वर्षीय अनिल साइ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित अनिललाई पाल्पाकै बगनासकाली–३, पोखराथोक नजिकैबाट पक्राउ गरेको हो ।
बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकलमा सवार अनिल सिद्धार्थ राजमार्गको पोखराथोकमा जाँच गर्ने क्रममा पक्राउ परेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
अनिलको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौ ट्याब्लेट, स्याम्पेक्स १६ ट्याब्लेट फेला पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण