चीनमा वायु प्रदूषण : हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो ।
अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन (पीएम २.५) भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेका थिए ।
विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको थियो । अध्ययन नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ ।
यसैबीच, सुई ताओको नेतृत्वमा रहेको पेकिङ विश्वविद्यालयका अन्वेषकहरूले वायु प्रदूषण नियन्त्रण गर्न चिनियाँ अधिकारीहरूले गत दशकमा अपनाएका कदमले मृत्युको संख्यामा कमी आएको औंल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण