बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले करारमा इन्जिनियर नियुक्ति गर्दै

मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : ४८
मङ्गलबार, २० मङ्सिर २०७९

काठमाडौँ महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ । 

महानगरले एक सूचना जारी गर्दैउ अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ । 

आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप