सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ
मंगलबार, २० मंसिर २०७९, १८ : २९

सुर्खेतमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी पछाडिबाट पक्राउ गरेको हो । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
-
गण्डकी प्रदेशसभा बैठक कक्ष साँघुरो हुँदा खुट्टा छिराउ नै धौधौ
-
मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै
-
नक्कली नोटसहित दुई जना पक्राउ