विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट
काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) मा हुन गइरहेको विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट देखिएको छ । सो चुनावमा भाग लिने विद्यार्थीलाई मतदान गर्न धाक धम्की आइरहेको बताइएको छ ।
सो कलेजमा अध्ययनरत विद्यार्थीलाई भोलि हुने चुनावमा आफ्नो समूहलाई मतदान गर्न नेविसंघका केही विद्यार्थीले फोन गरेर धम्की दिएको एक विद्यार्थीले रातोपाटीमा फोन गरेर जानकारी दिए ।
त्यस विषयमा कलेजका प्रशासक श्यामकुमार टोल्याङसँग बुझ्दा उनले पनि केही विद्यार्थीले राति राति विद्यार्थीलाई फोन गरेर उम्मेदवारी दर्ता नगराउन तथा फलानो समूहलाई मतदान गर्न दबाब दिएको कुरा आफ्नो जानकारीमा आएको बताए ।
यस विषयमा आफूहरूले छानबिन गरिरहेको बताउँदै उनले प्रहरी प्रशासनसँग समन्वय गरेर विद्यार्थीहरूलाई ढुक्कसँग आफूखुसी मतदान गर्न आग्रह गरिएको बताए । उनले भने, ‘विद्यार्थीहरूमा अब कुनै सुरक्षा थ्रेट छैन यहाँ प्रहरी प्रशासन छ र हाम्रो भित्रको सुरक्षाकर्मी पनि परिचालित भएकाले अब कुनै पनि धाँधली वा धम्काउने काम हुने छैन ।’
जसले फोन गरेर उम्मेदवारी दर्ता गर्न रोकेको थियो, उसले पनि आज उम्मेदवारी दर्ता गराएको प्रशासकीय प्रमुख टोल्याङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण