विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) मा हुन गइरहेको विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट देखिएको छ । सो चुनावमा भाग लिने विद्यार्थीलाई मतदान गर्न धाक धम्की आइरहेको बताइएको छ ।
सो कलेजमा अध्ययनरत विद्यार्थीलाई भोलि हुने चुनावमा आफ्नो समूहलाई मतदान गर्न नेविसंघका केही विद्यार्थीले फोन गरेर धम्की दिएको एक विद्यार्थीले रातोपाटीमा फोन गरेर जानकारी दिए ।
त्यस विषयमा कलेजका प्रशासक श्यामकुमार टोल्याङसँग बुझ्दा उनले पनि केही विद्यार्थीले राति राति विद्यार्थीलाई फोन गरेर उम्मेदवारी दर्ता नगराउन तथा फलानो समूहलाई मतदान गर्न दबाब दिएको कुरा आफ्नो जानकारीमा आएको बताए ।
यस विषयमा आफूहरूले छानबिन गरिरहेको बताउँदै उनले प्रहरी प्रशासनसँग समन्वय गरेर विद्यार्थीहरूलाई ढुक्कसँग आफूखुसी मतदान गर्न आग्रह गरिएको बताए । उनले भने, ‘विद्यार्थीहरूमा अब कुनै सुरक्षा थ्रेट छैन यहाँ प्रहरी प्रशासन छ र हाम्रो भित्रको सुरक्षाकर्मी पनि परिचालित भएकाले अब कुनै पनि धाँधली वा धम्काउने काम हुने छैन ।’
जसले फोन गरेर उम्मेदवारी दर्ता गर्न रोकेको थियो, उसले पनि आज उम्मेदवारी दर्ता गराएको प्रशासकीय प्रमुख टोल्याङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु