सगरमाथा संवादबारे सोनिया मुर्शिदलाई जानकारी
काठमाडौँ । बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले आज बङ्गलादेशकी समाज कल्याणका सल्लाहकार शर्मीन सोनेया मुर्शिदसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा राजदूत भण्डारीले यही आउँदो १६–१८ मे २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको सगरमाथा संवाद सम्मेलनबारे विस्तृत जानकारी गराएका छन् ।
उनले सम्मेलनको वस्तुगत उद्देश्य, कार्यक्रमको स्वरूप, तथा आयोजनासम्बन्धी बन्दोबस्तीका विवरणहरूका बारेमा जानकारी गराउँदै सल्लाहकार मु्र्शिदलाई कार्यक्रममा सहभागी हुन गरेको सुनिश्चिताका लागि राजदूत भण्डारीले धन्यवाद दिएका थिए । सल्लाहकार मुर्शिद नेपाल आउने निश्चित भैसकेको छ ।
सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाली पारिस्थितिक प्रणाली र मानव जातिको भविष्यबारे केन्द्रित उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्च हो, जसमा विभिन्न राष्ट्रका प्रतिनिधि, विज्ञ तथा नीति निर्माताहरूको सहभागिता रहनेछ ।
भेटवार्तामा दुई पक्षबिच द्विपक्षीय सहकार्य, क्षेत्रीय सहयोग र जलवायु अनुकूलनमा अनुभव आदान–प्रदानका सम्भावनाबारे पनि सकारात्मक कुराकानी भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण