सुर्खेतका १९ वर्षीय विद्यार्थीले बनाए पेट्रोलबाट चल्ने गाडी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –६ हटियालाइनका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाएका छन् । झन्डै पाँच महिनाको अवधिमा उक्त गाडी निर्माण गरेको उनले बताए ।
वीरेन्द्रनगरकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाएका हुन् । ‘झन्डै पाँच महिनामा यो गाडी बनाएको हुँ, अहिले गाडीको नाम चाहिँ राखेको छैन,’उनले भने,‘दिमागमा यही आयो यही बनाएँ ।’
दिनेशले बनाएको गाडीमा चालकसहित दुई जनासम्म बस्न मिल्ने छ । उनले गाडी आफ्नो घरमै बनाएको र घरबाटै चलाएर विद्यालयमा ल्याएको बताए । निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उनको भनाई छ । ‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्न लाग्थ्यो,’उनी भन्छन्,‘ सोही अनुसार बनाउँदै सिक्दै थिएँ विद्यालयका शिक्षकहरूले एउटा अलि ठुलो गाडी बनाएर देखाऊ त भन्नुभयो, त्यसैको प्रेरणाले यो गाडी बनाएको हुँ ।’
उनले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेको बताए । ‘राम्रो सामान नभेटिएकाले सेन्टिफिटिकल क्लोज, गियर बक्स लगायतका सामानहरू पाइएन,’उनले भने,‘ यसको क्लोज भएको भए अझै सहज तरिकाले चल्थ्यो गियर बक्स राखेर, नभएकाले बिस्तारै चल्छ ।’
दिनेशको भविष्यमा कसैको साथ, सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडी बढाउने उद्देश्य छ । ‘इलेक्ट्रिकल बाइक, कार बनाउने चाहना छ, यो त सानो सुरुवात मात्रै हो,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण