फोटो फिचर
अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)
मङ्गलबार, १२ साउन २०८३, १० : ०९
सारांश
- नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।
- साउन ९ गते नारायणी अस्पतालमा डा. प्रमोद राम लगायतका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गरी अस्पतालमा तोडफोड गरिएको थियो ।
- आक्रमणकारीलाई कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।
काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण