दशगजालाई नै असर पर्नेगरी पर्खाल लगाउने भारतीयको प्रयास
रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको हो । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ ।
भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।
नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । “सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो”, अर्यालले भने, “हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।”
भारतले दशगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरु गरेको उनले बताए । दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ तर यसमा भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ ।
नेपाल भारतको सीमा नाका बेलहियामा एकीकृत जाँचचौकी निर्माणको चरणमा रहेको छ । नेपालले धेरै समयअघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो । पूर्वनिर्धारित क्षेत्रभन्दा केही पश्चिम अहिले भारतीय पक्षले आइसिपी निर्माणका लागि जग्गा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण