कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु
शुक्रबार, २३ मङ्सिर २०७९, १० : १५
कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनाललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइत भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरले बाटो काट्ने क्रममा दुर्घटना भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण