राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौँ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाइ मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताएका छन् । उनले प्रदेश सभाको भवन निर्माणको काम सकिएको र आगामी प्रदेश सभाको बैठक स्थायी राजधानीमै गरिने र मन्त्रालयका अन्य काम केही समयमा दाङ सारिसक्ने दाबी गरेका छन् ।
नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद् भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको केसीले बताएका छन् ।
तयारीबिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै मुख्यमन्त्री केसीले सबैलाई एक पटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रह गरेका छन् । प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेको विषयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौँ, कार्यान्वयन मात्रै हामीले गरेको हो, अब यसलाई सबै मिलेर नमुना बनाउने हो, सानो विषयमा विरोध गरेर अर्थ हुँदैन– केसीले भने ।
मङ्सिर २८ गते राजधानीका संरचनाहरू ल्याइएकोमा झण्डोत्तलन गरेर औपचारिक सुरुवात गरिने मुख्यमन्त्री केसीले बताए । स्थायी राजधानीमा स्थानीयको ठुलो उत्साह पाएका छौँ, यहाँका सबै पालिका, संघसंस्था र स्थानीयले राजधानीको व्यवस्थापनको लागि ठुलो सहयोग गर्नुभएको छ, – केसीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण