प्रदेश १ मा एमालेले सच्यायो समानुपातिक सूची, अल्पसङ्ख्यकबाट सुनसरीकी कायस्थ कायम
नेकपा एमालेले प्रदेश १ प्रदेशसभामा समानुपातिक सूचीमा पठाएको नामावली मध्ये एक जनाको नाम सच्याएको छ भने मधेस प्रदेशमा २ जनाको नाम सच्याएको छ ।
एमालेले प्रदेश १ अल्पसङ्ख्यक कोटाबाट निर्वाचन आयोगलाई सिफारिस गरेको लहरुमाया जिमी (याख्खा) को ठाउँमा सुनसरीकी यशोदा कायस्थलाई पठाएको छ । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसङ्ख्या हुँदा कायस्थको १८ नम्बर रहेको थियो भने अल्पसङ्ख्यक तर्फ पनि कायस्थको २ र जिमीको ३ नम्बर क्रम थियो ।
एमालेले पठाएको सिफारिसमा भने क्रमसङ्ख्या मिच्दै जिमीलाई सिफारिस गरेपछि निर्वाचन आयोगले सच्याउन आग्रह गरेको थियो । सोही अनुसार एमालेले कायस्थलाई सिफारिस गरेको हो ।
निर्वाचन आयोगले अल्पसङ्ख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरूले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताएका थिए ।
नेकपा एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसङ्ख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाति पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाति महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र जिमीलाई पठाएको थियो ।
एमालेले निर्वाचन आयोगलाई विवरण सच्याई पेस गरेको हो । ‘प्रदेश नम्बर १ को अल्पसङ्ख्यकतर्फ लहरुमाया जिमी (याख्खा) नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र (अल्पसङ्ख्यक)को प्राथमितकताक्रम क्र.सं. ८ को यशोदा कायस्थको नाम कायम गरिदिनुहुन,’ एमालेले आयोगलाई पठाएको विवरणमा भनिएको छ । यस्तै एमालेले मधेस प्रदेशमा क्र.सं. १८ को शिला यादवको सट्टा सोभन्दा पछिल्लो क्रममा रहेको समावेशी समूह (अल्पसङ्ख्यक)भित्रको प्राथमिकताक्रम क्रम सङ्ख्या ८ को राजपती देवी जैसवालको नाम कायम गर्न तथा मधेस प्रदेशमा क्र.सं. ४० को नाजिमा खातुनको सट्टामा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्रको प्राथमिकताक्रम सङ्ख्या १ को जैनव खातुनको नाम कायम गरिदिन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण