कपिलवस्तुमा लागुऔषधसहित तीन महिला पक्राउ
कपिलवस्तुमा लागुऔषध कारोबार गर्ने तीन जना महिला पक्राउ परेका छन् । जिल्लाको नेपाल भारत सीमा क्षेत्र कृष्णनगरबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित तीनजना महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध अफिमसहित ती महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आशकुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं.४ लमही बस्ने वर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
उक्त लागुऔषधको करिब ४० लाख रुपैयाँ मूल्य पर्ने प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण