आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सकियो ‘छड्के २’ को छायांकन

बिहीबार, २९ मङ्सिर २०७९, ११ : ३८
बिहीबार, २९ मङ्सिर २०७९

फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् । फिल्ममा अनमोल ग्याङ्गस्टारको भूमिकामा देखिँदैछन् ।

फिल्मको केही अगाडि सार्वजनिक पोष्टरमा अनमोल एंग्री अवतारमा देखिएका थिए । पोष्टरमा अनमोलको लुक्स लामो कपाल, शरीरभरी अनौठो किसिमको ट्याटु, मुखमा चुरोट र अनुहार रगतले पोतिएको देख्न सकिन्थ्यो ।

निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनमोलको अलवा रोविन तामाङ, कमलमणि नेपाल पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा रहेकी अभिनेत्रीको नाम अहिले गोप्य राखेको छ । 

काभ्रे फिल्मस्, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलको सहकार्यमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठले मिलेर फिल्म बनाएका हुन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ आफैंले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप