‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल’मा भाग लिन फिलिपिन्स उडे शैब्या, रिदम र खुसीप्रिया
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुला फिलिपिन्स उडेका छन् । सौन्दर्य प्रतियोगिता ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनीहरू बिहीबार राति उडेका हुन् ।
बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना हुने कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगीसँग उनीहरूले उपाधिका लागि भिड्नेछन् । बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले लामो समयदेखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो । नेपाली संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको बारेमा समेत प्रतियोगितामा प्रतियोगीले जनाकारी गराउनेछन् ।
तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगिताका लागि उडेका प्रतियोगीलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवारले क्याटवाक, अभिनय, नृत्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रतियोगीलाई उक्त प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नै पठाउन लागेको हो । प्रतियोगितामा सहभागीको ड्रेस डिजाइनर श्रीषा बैदारले तयार पारेकी छन् । प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले आफैले लिएर गएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण