हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ
आइतबार, ०३ पुस २०७९, ०६ : ५७
हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुलेजनाएका छन् ।
३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ ।
उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्। अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण