सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति
आइतबार, ०३ पुस २०७९, ०७ : २३
सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो ।
जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्लु, लुरा, तामाखानी र गार्मा एक सय ३०, काकु र खास्तावका ८०, हेवाका ५०, चारघरे, सालाबेँसी र तुम्बुकका एक सय ५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संस्थाका नेपाल संयोजक निमा शेर्पाले बताए ।
गत मङ्सिर २५ गतेबाट सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सकिएको संस्थाले जनाएको छ । विगत लामो समयदेखि लोरेन नेपालले सोलुखुम्बुका विभिन्न क्षेत्रका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण