प्राप्त उपलब्धी उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । उनले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको बताए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका गहतराजले रेडियो जागरणको १५ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट समेत प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलहरूले समेत दलित समुदाय मुुद्धा साझा बन्न नसकेको बताए ।
उनले भने, ‘मानव जातिको कलंकको रुपमा रहेको जातीय छुवाछुत सबैको साझा समस्या बन्नुपर्छ । दलित र गैरदलित दुवैले साझा अभियान चलाउनुपर्छ ।’
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले संकट भोगिरहेको बताए । संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सिमान्तकृतको मुद्दा प्राथमिकतामा नपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण