शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकसाथ तीन रियालटी शो घोषणा

आइतबार, ०३ पुस २०७९, १० : ५६
आइतबार, ०३ पुस २०७९

स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच घोषणा भएका कार्यक्रममा बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ रहेको छ । कार्यक्रममा तीनवटै रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गरियो ।

र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, सन्दिप बिस्ट अर्थात् मिस्टर डी  र अभिजित भण्डारी एजे रहेका छन् । त्यसैगरी, जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन्, भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीपलगायत छन् । 

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए  ।

कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाको बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रस्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताइन् ।

पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन दास श्रेष्ठले बताए ।

डेटिङ रियालिटी ​ सो फस्ट डेट  यही १४ फेब्रुअरी आर्थात प्रणय दिवसलाई लक्षित गरेर ल्याउँदैछन्, भने  डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो वैशाखबाट प्रशारण हुनेछ । सिङ्गिङ रियालिटी ​ सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप