बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह
आइतबार, ०३ पुस २०७९, २० : २९
बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरेका हुन् ।
नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए । उनले जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्नसमेत अनुरोध गरे ।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्ती माथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण