‘मुन्द्रे’ ले तताए आसामको माहोल
हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले आसामका दर्शक हँसाएका छन् । उनले स्याण्डअप कमेडीमार्फत त्यहाँका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् । आइतबार राति आसाममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले स्ट्याण्डअप कमेडीमार्फत समसामयिक राजनीति र देशको पछिल्लो परिस्थितिबारे व्यङ्ग्य प्रहार गरेका थिए ।
आफूले आसाममा कल्पनै नगरेको माया पाएको कलाकार नेपालले बताए । ‘कार्यक्रम गर्दागर्दै रातै बितेछ । यति धेरै माया, साथ र हौसला पाउँछु भनेर सोचेको थिइनँ’ जीतुले भने, ‘आसामका गोर्खाली आफ्नै दाजुभाइ, आमाबुबा, दिदीबहिनी आफन्तजस्तै लाग्ने’ । नेपाली भाषा कलासंस्कृतिलाई आसामका गोर्खालीहरूले निकै महत्व दिएको उनको भनाइ छ ।
आसाम निवासी गोर्खालीहरुको समूह आसाम सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा कलाकार निरज नेपालले कमेडी नृत्य मार्फत दर्शक नचाउन सफल भएका थिए ।
कार्यक्रममा गायिका मिलन नेवारले भने आफ्ना चर्चित केही गीत राखेकी थिइन् । उनले ‘गाला रातै, गाला रातै’, ‘फुलबुट्टे सारी’ लगायत करिव आधा दर्जन लोकप्रिय गीत प्रस्तुत गरिन् । मिलनको हरेक गीतमा दर्शक नाच्दै र झुम्दै
सिटी र तालीले साथ दिएका थिए । उनले ‘गाला रातै,गाला रातै’ र ‘फुलबुट्टे सारी’ गाउदा दर्शक दिर्घबाट वान्स मोरको हुटिङ समेत गुन्जिएको थियो । कार्यक्रममा गोर्खा सांस्कृतिक परिवारका गायक तिलक नेवार, बद्री ब्यास लगायत स्थानीय कलाकारको पनि विभिन्न प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण