विवाहबारेको प्रश्नमा प्रभासको जवाफ : सलमान खानपछि !
बाहुबली स्टार प्रभासलाई हालै एक टक शोमा उनको प्रेम जीवनको बारेमा सोधिएको थियो । यसै क्रममा उनलाई बिहे कहिले गर्ने भनेर सोधियो । यसको जवाफमा प्रभासले सलमान खानले विवाह गरेपछि मात्रै विवाह गर्ने बताएका छन् । प्रभास हाल फिल्म उद्योगका सबैभन्दा ‘इलिजिबल ब्याचलर’मध्ये एक हुन्। हालै उनको र कृति सेननको लिंकअपको खबरहरु आइरहेका थिए । यी दुई मेगाबजेट फिल्म आदिपुरुषमा सँगै देखिनेछन् ।
नन्दमुरी बालकृष्णको ओटीटी टक शो अनस्टपबल २ मा प्रभासलाई उनको व्यक्तिगत जीवनको बारेमा धेरै प्रश्न सोधिएको थियो। यसै क्रममा शोका होस्टले प्रभासलाई बिहे कहिले गर्ने भनेर सोधे । जसको जवाफमा प्रभासले भने, ‘सलमान खान पछि।’ यति भनिसकेपछि उनी चर्को स्वरले हाँसेका थिए । सलमान खान ५९ वर्षका भइसकेका छन् तर उनले अहिलेसम्म विवाह गरेका छैनन् ।
केही दिन अघि प्रभास र कृति सेननबीच प्रेम सम्बन्धको खबर आएको थियो । एक रियालिटी शोमा वरुण धवनले प्रभाससँग कृतिको नामको बारेमा कुरा गरेका थिए । फ्यानले प्रभास र कृतिले आफ्नो सम्बन्ध सार्वजनिक गर्ने अनुमान गरेका थिए तर कृतिले सामाजिक सञ्जालमा पोस्ट गरेर यी सबै हल्लाको अन्त्य गरिन् । यसबाहेक वरुणले आफूले भनेका कुराको स्पष्टीकरण पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण