कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन, दुवैले गराए उम्मेदवारी दर्ता
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।
थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थक गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् । मंगलबार बसेको इतर पक्षको बैठकले गगन थापालाई संसदीय दलको साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण